७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेबाट चार मन्त्रीको नाम टुंगो, पदम गिरी स्वास्थ्य मन्त्री बन्ने पक्का

नेकपा एमालेले डा. विमला राई पौड्यालसहित पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीलाई मन्त्री बनाउने भएको छ।

पौड्यालले परराष्ट्र मन्त्रालय र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा तीन पटक निर्वाचित भएका गिरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन्। डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

एमालेको भागमा परेको आठ मध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन्।

प्रकाशित: ३ माघ २०७९ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App