१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

जसपाले भन्यो: मन्त्रालय भागवण्डा सम्मानजनक छैन

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डाप्रति असहमति जनाएको छ। जसपाले निर्णयमा पुनर्विचार नभए सम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। उनलाई २ वटा मन्त्रालय लिन आग्रह गरिएको थियो। तर उनले त्यस प्रस्ताव अस्वीकार गरे।

जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नागरिक न्यूजसँग भने , 'हामीलाई दुईवटा मन्त्रालय दिने सत्ता गठबन्धनको निर्णय भएको छ। हाम्रो लागि यो निर्णय सम्मानजनक छैन। निर्णयमा पुनर्विचार भएन भने जसपा सरकारमा सहभागी हुँदैन।'

प्रकाशित: २ माघ २०७९ १८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App