२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले पोखरामा जहाज दुर्घटनामा परेको शोक आज मनाउने घोषणा भएकोले प्रदेश सभा बैठक मंगलबारसम्म स्थगित गर्ने सहमति गरेको हो।

यस अघि सुदूरपश्चिम प्रदेश सभामा दुई चोटी भएको सभामुखको निर्वाचनबाट पनि सभामुख चुनिन सकेको छैन। पुस २८ र पुस ३० मा सभामुख छान्न मतदान भए पनि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी नै तटस्थ बसेका कारण सभामुखमा उम्मेदवार भएका दुवै उम्मेदवारको  ५१ प्रतिशत मत नपुगेका कारण सभामुख छान्न नसकेको हो।  

 सुदूरपश्चिमका सांसदले  पुस १५ गते शपथ लिएका थिए। पुस १८ गते पहिलो बैठक बसेको थियो। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्ने संवैधानिक व्यवस्था छ।  

प्रकाशित: २ माघ २०७९ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App