१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस प्रदेश सभामुखका लागि कांग्रेसका राय र एमालेका मण्डलले गराए उम्मेदवारी दर्ता

एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल राय

मधेश प्रदेशसभामा सभामुखको लागि दुईजनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन्। 

एमालेका मण्डल धनुषा निर्वाचन क्षेत्र १ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् भने कांग्रेसका राय सर्लाही निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् ।

सत्तारूढ गठबन्धनको तर्फबाट एमालेका मण्डललले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा रायले उम्मेदवारी दिएका हुन् । सत्ता साझेदार दलहरुको सहमति अनुसार सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीलाई दिने सहमति भएको छ।

प्रदेशसभामा एमालेको २३  कांग्रेसको २२, जसपाको१६, जनमतको  १३ सांसद रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन्।

माघ २ गतेको प्रदेशसभा बैठकमै सभामुख र उपसभामुख चयन हुने तथा मुख्यमंत्री सरोज कुमार यादवले विश्वासको मत लिने तयारी रहको बुझिएको छ।

प्रकाशित: ३० पुस २०७९ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App