१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश १ काे उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

प्रदेश १ सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। ५७ मत ल्याउँदै उनी निर्वाचित भएकी हुन्।

नेकपा एकीकृत समाजवादीको समर्थन पाएकी कांग्रेसकी लीलाकुमारी राईले ३३ मत ल्याइन्। दनुवार र राई दुवै उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ का हुन्।  दुवै समानुपातिक निर्वाचित सांसद हुन्।

प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन्।

एमालेकी मीना श्रेष्ठ शौचालय गएर आउन ढिला गरेपछि मतदान गर्नबाट बञ्चित भएकी छन्।

प्रकाशित: ३० पुस २०७९ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App