१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड

प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन्।

अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उनिहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको विषय सरकारको उच्च प्राथमिकतामा भएको बताए। सबै दलसँगको सहमतिमा चाँडै साझा नाम राख्ने गरी प्रयास थाल्ने उनको भनाइ छ। 

'अघिल्लो कार्यकालमा प्रदेशको नामकरण गर्न नसक्दा चौतर्फी आलोचना भएको छ', उनले भने, 'सबैको साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता छ।'

प्रकाशित: २६ पुस २०७९ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App