६ वैशाख २०८१ बिहीबार
राजनीति

काँग्रेस सरकारमा च्याँखे थाप्ने काम गर्दैन: प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने बताएका हुन्।

उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएपनि पार्टीको निर्णयपछि आफूहरुले विश्वासको मत दिएको बताए। उनले काँग्रेस अझैपनि निरन्तर प्रतिपक्षमा रहने बताए।

उनले भने, ‘नेपाली काँग्रेस प्रतिपक्षमा नै छ। नेपाली काँग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ। मैले व्यक्तिगत रुपमा प्रतिपक्षमा बसेको दलले विश्वासको मत नदिने भनेको थिएँ। दिन मिल्दैन पनि किनभने प्रतिपक्षले सरकारको आलोचना अथवा गुण र दोषको आधारमा बिरोध र समर्थन गर्ने हो भनेर असहमति राखेको थिएँ। तर पार्टीले निर्णय गरेपछि हामीले निर्णय मान्यौँ। नेपाली काँग्रेस पार्टी निरन्तर रुपमा प्रतिपक्षमा नै रहन्छ। सत्तामा काँग्रेस गर्ने सम्भावना छैन।’  

प्रकाशित: २६ पुस २०७९ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App