१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देशलाई आर्थिक संकटमुक्त बनाउन तीन खम्बे अर्थनीति आवश्यक: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई आर्थिक संकटमुक्त बनाउन तीन खम्बे अर्थनीति आवश्यक रहेको बताएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशलाई संकटमुक्त बनाउन तीन खम्बे अर्थनीति आवश्यक रहेको बताएका हुन्।

उनले भने,'देशलाई संकटमुक्त बनाउन तीन खम्बे अर्थनीति आवश्यक छ। सार्वजनिक, नीजि र सहकारी अर्थनीति अपनाउ। नेपाली मोडलको समाजवादमा पुग्न सकौं। बेरोजगारी, जनजिविकाका समस्या, कस्तो नागरिक बनाउने र कस्तो समाजको निर्माण गर्ने कुरा बुझौ।'

उनले सपनालाई विपनामा परिणत गर्न यथार्थको धरातलमा टेक्नु पर्ने बताएका छन्। राष्ट्र र समाजको समस्या पहिचान गरी तात्कालिक, मध्यकालिक र दीर्घकालिक याेजना बनाएर साधन स्रोतको ख्याल गर्नुपर्ने बताए। उनले भने, 'प्राथमिकतातीर ध्यान जादैन। सबैतीर कनिका छरेजस्तै बजेट छर्र्छौं।'  

जनचाहनाको भावना भन्दा पनि मूल्याकन  सुपरभिजनपछि काम गर्नुपर्ने उनले बताए। मूल्याङकन प्रणाली नहुँदा भ्रष्टाचारको विकेन्द्रीकरण भइरहेको र यो अत्यन्त खतरनाक भएको उनको भनाइ छ।  

प्रकाशित: २६ पुस २०७९ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App