नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको कार्यालय सचिव केशव रिजालले बताए।
दाहाललाई प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय भएको उनले बताए।
यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर अघि बढनुपर्ने पक्षमा थिए भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस प्रस्तावको विपक्षमा उभिएका थिए।
प्रकाशित: २६ पुस २०७९ ०७:१४ मंगलबार