२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको फेसबुक पेजमा राखिएको स्टाटस हटाइयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिरिक्त मोबाइल ल्याउने क्रममा विमानस्थलमा भएको समस्या समाधानका लागि दिएको निर्देशनबारे राखेको स्टाटस एक घण्टापछी हटाएका छन्।  

सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका झापाका दुधलाल नेम्वाङले साथमा ल्याएको नयाँ फोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थति रहेको भन्सार कार्यालयले जफत गरेपछी उक्त घटनाप्रती प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन मंगलबार दिउँसको १ बजे आफ्नो आधिकारीक फेसबुक पेजमार्फत निर्देशन दिएको स्टाटस हटाएको हो।  

उनले स्टाटस लेखेका थिए, ‘विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ। रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ।’

उक्त स्टाटस अहिले प्रधानमन्त्रीको आधिकारीक फेसबुक पेजबाट हटाएका छन्। 

प्रकाशित: १९ पुस २०७९ ०८:१७ मंगलबार

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड