१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी रहस्यमय रूपमा उदायो, त्यसले गृह मन्त्रालय खान थालिसकेको छ: नेता खनाल

फाइल तस्बिर।

नेकपा समाजवादीका नेता झलनाथ खनालले सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘रहस्यमय’ पार्टीका रुपमा व्याख्या गरेका छन्। साथै रास्वपाले ‘गृह मन्त्रालय खान’ थालेको टिप्पणी पनि गरेका छन्।

रास्वपाका सभापति रवि लामिछाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वका सरकारमा उपप्रधान तथा गृहमन्त्रीसहित सहभागी छन्।

आइतबारको स्थायी कमिटीमा आफ्नो लिखित भनाई राख्दै उनले भनेका छन्, ‘रहस्यमय शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसले गृह मन्त्रालय खान थालिसकेको छ। त्यो पनि आम रुपमा बर्जुवा उदारबाद कै पक्षमा देखिन्छ।’

नेता खनालले तराईमा जनमत पार्टी उदाएको र त्यो पनि आम रुपमा त्यसै वर्गीकरणमा देखिएको उल्लेख गरेका छन्। ‘त्रिशंकु संसदको स्थापना भएको छ, संघ र प्रदेश सबै ठाउँमा त्यस्तै छ। कुनै पनि पार्टीलाई बहुमत छैन। देश कुनैपनि दिशामा जान सक्छ, अनिश्चितताको अवस्था छ।

यसले हर्स ट्रेडिङ (सांसद किनबेच) को खतरा बढाएको छ। एकपछि अर्को नाटकीय परिवर्तनलाई ढोका खोलिदिएको छ। यसले अस्थिरतालाई बढावा दिन्छ, विदेशी शक्तिहरूलाई खेल्ने ठाउँ दिन्छ र मुलुकलाई कमजोर बनाउन सक्छ । आउने ५ वर्षमा कति वटा सरकार बन्लान् अहिले नै भन्न सकिने स्थिति छैन’, उनले आफ्नो लिखित मन्तव्यमा भनेका छन्।

प्रकाशित: १८ पुस २०७९ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App