१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुशीला कार्की प्रथम महिला प्रधानन्यायाधीश

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्।सोमबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले कार्कीलाई शपथ खुवाएकी हुन्। आइतबार संसदीय सुनुवाई विशेष समितिले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मले अनुमोदन गरेको थियो।

कायममुकाम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी कार्कीले आइतबार समितिमा उपस्थित भएर आफूविरुद्ध परेका उजुरी र सांसदका जिज्ञासाको जवाफ दिएकी थिइन्। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा उनलाई नियुक्त गर्न चैत २८ र वैशाख २० गते दुईपटक सिफारिस गरेको थियो।

आठ वर्षेदेखि सर्वोच्चको न्यायाधीशका रूपमा कार्यरत कार्कीले अब एघार महिना न्यायालयको नेतृत्व सम्हाल्नेछिन्। आइतबार सुनुवाइ समितिमा आफूविरुद्ध दायर ६ वटा उजुरीमा जवाफ दिएलगत्तै समितिले उनको नाम अनुमोदन गरेको थियो।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने, ६ महिनाभित्र मुद्दाको संख्या ८ हजार कायम गराउने, विकृतिविहीन न्यायालयसम्बन्धमा भएका अध्ययनलाई कार्यान्वयन गर्ने र पुराना तथा गरिबका मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइ गर्ने प्रतिबद्धता उनले जनाएकी थिइन्।

प्रमुख निर्वाचन आयुक्त यादवले पनि शपथ खाए

त्यस्तै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पनि पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। उनलाई प्रधान्यायाधीश सुशीला कार्कीले शपथ खुवाएकी थिइन्। सुनुवाई समितिले गत शुक्रवार प्रमुख निर्वाचन आयुक्तमा यादवको नाम अनुमोदन गरेको थियो।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तिमगरलगायत उपस्थित थिए।

प्रकाशित: २७ असार २०७३ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App