१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा शपथग्रहण पुस १५ गते

मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरूले पुस १५ गते शपथग्रहण गर्ने भएका छन्।

मधेस प्रदेशका राजधानी जनकपुरस्थित प्रदेश सभा सचिवालयमा भएको सर्वदलीय बैठकबाट पुस १५ गते शुक्रबार दिउँसो २ बजे शपथग्रहण गर्ने कार्यक्रम निर्णय गरिएको छ।

संघीयता को रक्षणको सन्देश दिँदै नवनिर्वाचित सांसदहरूले संस्कृति झल्किने पहिरणमा शपथग्रहण गर्न सक्ने भएका हुन्। शपथग्रहण निर्णय भयसँगै मधेस प्रदेशमा सरकार गठनका लागि दलका नेताहरूले प्रयास थालेका छन्।

मधेस प्रदेशमा एमाले का २३, जसपाका १६ ,जनमत का १३ र नेकपा माओवादीका ८  गरी ६० जना सांसद पुगेकाले सहजै गठबन्धन सरकार हुने देखिएको छ।

सर्वदलीय बैठकमा मधेस प्रदेशका अधिकांश दलका प्रतिनिधिमूलक सांसदहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ११ पुस २०७९ १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App