२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेश प्रदेशमा शपथग्रहण शुक्रबार हुने

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

सोमबार बसेको सर्वदलीय बैठकबाट पुस १५ गते दिनको २ बजे शपथ ग्रहणका लागि समय तोकिएको प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले शपथग्रहण गराउने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

आ-आफ्नै मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथ ग्रहण हुने दिन भन्दा तीन दिन अगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनु पर्ने सचिवालयले जनाइएको छ।

प्रकाशित: ११ पुस २०७९ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App