१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लोसपा कता?

फायल तस्वीर

प्रतिनिधिसभामा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी नभएको बताएका छन्। ‘हाम्रो प्रस्ट धारणा छ, माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा हामी सहभागी छैनौं’, लोसपा कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनालले भने।

कार्यकारिणी समितिका अर्का सदस्य डा. सुरेन्द्र झाले पनि लोसपाले निष्ठा र नैतिकताको राजनीति गर्ने भएकाले दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा सहभागी नभएको बताए। ‘राजनीतिमा न्यूनतम नैतिकता र निष्ठा राख्नुपर्छ। एउटा गठबन्धनमा रहेर चुनाव लड्ने तर अर्को गठबन्धनबाट प्रधानमन्त्री बन्ने दोहारो प्रवृत्ति हामी लिन्नौं’, झाले भने। दाहालले लिएको बाटोले अन्ततः माओवादी र उनी स्वयंलाई नोक्सानी पुर्‍याउने झाको भनाइ छ। लोसपाका अर्का कार्यकारिणी सदस्य केशव झाले भने दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी हुने कि नहुने भन्ने विषयमा आधिकारिक निर्णय नभएको बताए।

लोसपाबाट महन्थ ठाकुर, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरी प्रतिनिधिसभा सदस्य छन्। उसले समानुपातिक निर्वाचनतर्फ तीन प्रतिशत ‘थे्रसहोल्ड’ कटाउन नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाएको छैन। २०७८ भदौमा ठाकुर, राजेन्द्र महतो, भण्डारी, अनिल झालगायतका नेताहरूले जनता समाजवादी पार्टी (जसपा) बाट अलग भई लोसपा गठन गरेका थिए।

प्रकाशित: ११ पुस २०७९ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App