२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अन्ततः माओवादीले काँग्रेसलाई धोका दियो

मंसिर ४ गतेको चुनाव अघि २० औँ वर्ष सत्ता गठबन्धन जारी हुने भनेर चुनावमा भोट मागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसलाई धोका दिँदै गठबन्धन तोडेका छन्।

आज साँझ ५ बजे सम्म बहुमत सहित प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्या देवी भण्डारीले दिएको समय सिसा सकिनु करिब चार घण्टा अघि मात्र दाहालले पाँच दलको गठबन्धन तोडेर आफूलाई प्रधानमन्त्रीको दाबी सहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका छन्। सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी , राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी भने दाहालको पछि लागेका छैनन्।

सत्ता गठबन्धनबाट चुनाव लडेका नेकपा एकीकृत समाजवादीले १० लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका थिए। माओवादीले प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३२ सिट जितेको छ। काँग्रेसले चाहिँ प्रत्यक्ष र समानुपातिक गरी जम्मा ८९ सिट जितेको छ।

नेपाली काँग्रेस र माओवादी केन्द्र बिच सबै कुरा मिले पनि पहिला कसको नेतृत्वमा  सरकार गठन हुने भन्ने विषयमा सहमति नभएपछि दाहाल गठबन्धन तोडेर एमाले कित्तामा लागेका हुन।

२०७४ सालको स्थानीय चुनावमा काँग्रेससँग तालमेल गरेर चुनाव लडेको माओवादी २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा चाहिँ  एमाले तिर लागेर पहिलो पटक राजनैतिक धोका दिएको थियो। २०७७ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइ बहुमत सहितको सरकारलाई विघटन गरेर मध्याअवधि चुनावको घोषणा गरे पछि माओवादीका अध्यक्ष दाहालले ओलीको साथ छोड्दै देउवा तिर लागेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका थिए।

यस पटक पहिलाको गुन तिर्न भन्दै दाहालले देउवालाई आग्रह गर्दै प्रधानमन्त्रीमा सहयोग गर्न भनेका थिए। तर देउवाले दाहालको नेतृत्वमा सरकार गठन गर्न सहयोग नगरेपछि यस्तो परिस्थिति आएको हो। आखिर पहिलो र दोस्रो दललाई जिल्लाउँदै तेस्रो दलको माओवादीले भावी सरकारको नेतृत्व गर्दैछ। 

प्रकाशित: १० पुस २०७९ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App