२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालकोट बैठकबाट बाहिरीए अशोक राई

फाइल तस्बिर

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट बैठकमा सहभागी रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई बैठक छोडेर बाहिरीएका छन।

एमाले ,माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी का पार्टी अध्यक्ष सहित शीर्ष नेताहरुको संयुक्त बैठकमा सहभागी  राई ले पत्रकारहरुसंगको कुरा कानीमा हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नु पर्ने भनेर बाहिरिएका हुन।  

यस अघि विहान देखि माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासंग वार्तामा थिए। पछि वार्तामा कुरा नमिलेपछि  दाहाल एमाले अध्यक्ष केपी ओली निवास बालुवाटारमा गएका हुन। सत्ता गठबन्धनमा कागे्रस र माओवादी बिच पहिला कस्को नेतृत्वमा सरकार गठन गर्ने भनेर कुरा नमिलेपछि माओवादी सहित अन्य दल दोस्रो ठुलो पार्टी एमाले तिर वार्तामा लागेका हुन। शक्ति र महत्त्वपूर्ण पदहरूको बाँडफाँडका बारेमा अहिले वार्ता भईरहेको बताईएको छ। बार्तामा माओवादीबाट अध्यक्ष पुष्प कमल दाहाल उपाध्यक्ष नारायण काजी श्रेष्ठ, एमालेबाट अध्यक्ष केपी ओली  सहित महासचिव शंकर पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र महासचिव डाक्टर मुकुल ढकाल रहेका छन।  

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेभित्रको समय दिएर बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई आव्हान गरेकी हुन। त्यसैले दलहरु विभिन्न संभावनाका लागि दौडधुप गरिरहेका छन्।

प्रकाशित: १० पुस २०७९ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App