८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने सञ्चार मन्त्री कार्कीको प्रतिक्रिया

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने विश्वास सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गरेका छन।  

आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि काँग्रेस नेता समेत रहेका मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन । उनले गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढन आफूहरू निरन्तर प्रयासरत रहेको समेत बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट दाहाल बाहिरिएका हुन ।

तर सञ्चार मन्त्री कार्कीले  फेरी केही बेर पछि बैठक बस्ने र सहमति हुने दाबी गए । मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गर्नु भएको एक हप्ताको समय आजै अपराह्न ५ बजे सकिँदैछ ।

प्रकाशित: १० पुस २०७९ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App