४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

शक्ति बाँडफाँडमा कुरा नमिले पछि अध्यक्ष दाहाल बालुवाटारबाट बालकोट गए

प्रधानमन्त्री निवास बालुवाटारमा शक्ति बाँडफाँडको कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  भेटन उनको निवास बालकोट गएका छन्।  

बालुवाटारमा आज विहानदेखि सरकार गठन र शक्ति बाँडफाँडबारे गठबन्धन दलहरुबीच वार्ता भइरहेको थियो। कुरा मिलाउन सत्ता गठबन्धन दलका नेताहरुबीच ‘वन वाई वन’ वार्ता पनि भयो।  

स्रोतका अनुसार कुरा नमिलेपछि अध्यक्ष दाहाल एमाले अध्यक्ष ओलीलाई भेटन बालकोट गएका हुन ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिदैछ्। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आव्हान गरको सातौं दिनसम्म पनि राजनीतिक दलहरुले स्पष्ट बहुमतसहित दाबी गर्न सकेका छैनन् ।  

एक साता यतादेखि सत्ता गठबन्धन दलका नेताहरुको बैठक चलिरहेको छ। र, आज पनि सत्ता गठबन्धन दलका नेताहरु बालुवाटारमा छलफलमै थिए।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता महत्वपूर्ण पदहरुको बा“डफा“डमा कुरा नमिलेपछि नेताहरुले सरकारको दाबी गर्न सकेका छैनन्।  

बैठकमा सहभागी नेताका अनुसार सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा सहमती भएपनि ती दलहरुबीच शक्ति बाँडफाँड भने मिलेन।  

अहिले सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी छन्। यी दलका नेताहरुबीच आइतबार मध्यान्ह्सम्म पनि नियमित बैठक र छलफल भइरहेको थियो।  

तेस्रो ठूलो दल नेकपा माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहाल भने सरकार गठनका लागि गठबन्धन भित्र र दोस्रो ठूलो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि शक्ति बाँडफाँडमा ‘बार्गेनिङ’ गरिरहेका छन्।

प्रकाशित: १० पुस २०७९ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App