coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दबाब र प्रभावमा नपरी न्याय सम्पादन गर्न सरकारी वकीलहरुलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा शुरु भएको सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको फौजदारी शासन कायम गर्न मुलुकको विद्यमान कानूनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यक्ता रहेको बताए।

प्रधानमन्त्री देउवाले महान्याधीवक्ता कार्यालयको क्रियाशिलता कार्यकुशलता,स्वस्छता, निष्पक्षता,पारदर्शिता र व्यवसायीकताले मुलुकमा कानूनी राज्यको अवधारणालाई व्यवहारमा रुपान्तरण गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सदैव सजग र सचेत रही कार्यसम्पादन गर्न आवश्यक रहेको पनि बताए। उनले कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने कुनैपनि कार्यहरु कुनैपनि किसिमको दबाब, प्रभावमा नपरी निष्पक्ष, स्वतन्त्र र व्यवसायिक रुपमा सम्पादन गर्न सरकारी वकीलहरुलाई निर्देशन दिए।

प्रधानमन्त्री देउवाले अपराधसंहीता लगायतका नयाँ फौजदारी कानुनको प्रभवाकारी कार्यान्वयन गर्न र नागरिकका अधिकारको सुनिश्तिता गर्न महान्यायाधिवक्ताको कार्यालयले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए। उनले सरकारवादी हुने मुद्दामा अभियोजन नेपाल सरकारविरुद्ध परेका कानून विवादको प्रतिरक्षा गर्दै व्यवसायिक दायित्व निभाउन सरकारी वकीलहरुलाई आग्रह गरे।  

प्रकाशित: ८ पुस २०७९ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App