६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेसका नेता राजदेव साहको निधन

नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा राजदेव साहको निधन भएको छ। नेपाली काँग्रेस रौतहटको पटक पटक जिल्ला सभापति रहिसकेका साहको गरुडास्थित निवासमा निधन भएको हो।

केही वर्षदेखि मधुमेह तथा उच्च रक्तचापका साथै अन्य रोगबाट ग्रसित साह नेपाली काँग्रेसका महासमिति सदस्यसम्म भएका थिए। राजनैतिक लाभको कुनै पदमा नपुगेका साह नेपाली काँग्रेसप्रति निष्ठावान् नेताका रुपमा परिचित थिए।

नेता साहको निधनप्रति पार्टीका विभिन्न तहका नेताहरुले शोक व्यक्त गरेका छन्। नेपाली काँग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले नेता साहको देहावसानले जिल्लामा पार्टीको एक अभिभावक गुमेको अनुभव भएको बताएका छन्। सदैव निष्ठाको राजनीति गर्ने साहको देहावसानबाट पार्टीलाई अपूरणीय क्षति भएको सभापति यादवले बताएका छन्।

नेता साहको अन्त्येष्टि पारिवारिक संस्कार अनुरूप बागमती नदीमा गरिएको छ। नेता साहको पार्थिव शरीरमा गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठसहितका नेता तथा कार्यकर्ताहरूले नेपाली काँग्रेसको झन्डा ओढाई सम्मान गरेका छन्।

प्रकाशित: ६ पुस २०७९ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App