coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छः प्रवक्ता पाण्डे

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन्।  बुधबार सिंहदरबारमा उनले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका हुन्।

 प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद सचिवालयले एजेण्डाहरु अघि बढाउने बताए। उनले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने बताए। उनले बानेश्वरको आइसीसी हलमा सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गराउनुहुने बताए। उनले मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदहरुले पूर्व सूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए।

प्रवक्ता पाण्डेले शपथग्रहणपछि संसदमा सहभागी राजनीतिक दलहरुले संसदीय गतिविधिहरु औपचारिक रुपमा अघि बढाउन सक्ने पनि बताए।

प्रकाशित: ६ पुस २०७९ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App