१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पार्टीलाई व्यवधान मुक्त बनाउने काममा लाग्छुः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले व्यवधान मुक्त पार्टी बनाउने काममा आफू लाग्ने बताएका छन्।

बुधवार बिहान नेपाली काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन। उक्त अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली काँग्रेस संसदीय दलको नेतामा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद दिएका थिए।

उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताए।

देउवाले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु।’

नेपाली काँग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत ल्याएर विजयी भएका हुन।

प्रकाशित: ६ पुस २०७९ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App