६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँः डा. सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन्।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताएका हुन्। उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताएका हुन्।

राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरुको जिम्मेवारी भएको बताए। उनले भने  ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले किसानका जुन मुद्दाहरु छ त्यसलाई सम्बोधन हुनुपर्छ। त्यसका साथै खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दा जनमत पार्टीले टड्कारो रुपमा उठाइराखेको हुनाले त्यो रातारात त परिवर्तन हुने कुरा होइन। त्यसमा काम गर्ने वातावरण, त्यो क्षेत्रहरुमा सुधार गर्नको लागि काम गर्ने वातावरण बनाइदिने खालको प्रतिबद्धता जायर हुनुपर्‍यो।’

उनले ठोस रुपमा र इमान्दारितापूर्वक प्रतिबद्धता जायर हुनुपर्ने बताए। अध्यक्ष राउतले वर्तमान सत्तारुढ गठबन्धन प्रति आफूहरु सकारात्मक रहेको बताए।

प्रकाशित: ४ पुस २०७९ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App