२० मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

सोविता गौतमले ३ वर्षअघिको अभिव्यक्तिलाई लिएर गरिन् पश्चाताप

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सोविता गौतमले एक पुरानो अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिप्रति पश्चाताप गरेकी छिन्।  

उनले तीन वर्षअघि दिएको अन्तर्वार्तामा बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकी थिइन्। उनले तीन वर्ष अगाडि एक युटुब च्यानलामा अन्तर्वार्ता दिएकी थिइन्। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शनिबार उनले उक्त भिडियोको विवादित अभिव्यक्तिप्रति आफ्नो ट्वीटर मार्फत स्पष्टीकरण दिएकी हुन्।  

गौतमले उक्त अन्तर्वार्ताबारे ट्वीटरमा स्पष्टीकरण दिँदै लेखेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ। अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ।’

गौतमले अन्तर्वार्तामा ‘बलात्कार सामान्य हो। यसले महिलाको शरीलाई कुनै हानी नोक्सानी हुँदैन’ भन्ने वाक्य प्रयोग गरेकी थिइन्। त्यसका साथै समाजले बलातकारको विषयलाई ठूलो बनाएर धेरै महिलाहरु भावुक भएको र केहीले बलात्कारको नाममा डलर ल्याउने गरेको टिप्पणी गरेकी थिइन्।

चार वर्ष अगाडि आफूले दिएको अभिव्यक्तिको आशय भने गलत नभएको उनको तर्क छ। तर, अहिले आफ्नो अध्ययन, अनुभवले आफ्नो बुझाइ परिष्कृत भएकोले अहिले उक्त उदाहरण प्रयोग नगर्ने उल्लेख गरेकी छन्। ‘‘मेरो बुझाइ अहिले परिष्कृत भएको छ। पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ। यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो।’

उनले यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वभाविक व्यवहार गर्दा पुनर्स्थापनामा सहज हुन्छ भन्ने आशय व्यक्त गरेको तर यसैमाथि प्रश्न उठेको कुरा मनन् गरेको बताएकी छन्।

गौतमले तीन वर्ष अगाडिको अन्तर्तार्तामा महिला सशक्तिकरणकाे कुरा उठाउने क्रममा यस्तो बोलेकी थिइन्।  

प्रकाशित: २ पुस २०७९ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App