१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

दलहरुलाई संवेदनशील हुन सभामुखको आग्रह

लेखनाथ, फागुन १५- संविधानसभाध्यक्ष सुवास नेम्वाङले निर्धारित समयमा संविधान जारी हुने वा नहुने भन्ने दलहरुमा निर्भर हुने बताएका छन्। उनले संविधान लेखनको आधार तयार भएकाले दललाई सम्वेदनशील हुन तथा संविधानलाई नै प्राथमिकता दिन आग्रह गरे।
पोखराको मझेरीपाटनस्थित रामेश्वरी माध्यामिक विद्यालयको नवनिर्मित भवनको शनिबार उदघाटन गर्दै उनले संविधान  लेखनमा दलहरु एकजुट भएमा निर्धारित समयमै संविधान जारी गर्न कुनै कठिनाइ नहुने उल्लेख गरे।

१ करोड १७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनमा २१ कोठा छन्।

कार्यक्रममा विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा सहयोग गरेबापत सभासद् सूर्यबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्षहरु भीमसेन थापा, खगेन्द्रध्वज कुँवर, खिमबहादुर कार्की, भूतपूर्व प्रधानाध्यापकहरु रोमबहादुर भण्डारी, मुनबहादुर कार्की, वयानबहादुर कार्की, युवासमाजसेवी महेश भण्डारीलगायत् सम्मानित भएका थिए।
- रासस

प्रकाशित: १५ फाल्गुन २०६६ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App