८ वैशाख २०८१ शनिबार
राजनीति

महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छः मेयर साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन्।  

बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताएका हुन्। 

उनले उपत्यका भित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने बताए। काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा उनको जोड छ। प्रमुख साहले संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने बताए। मौलिक बाजाहरुलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्ने उनको भनाइ छ। 

प्रकाशित: २९ मंसिर २०७९ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App