३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सबै मन्त्रालय स्थायी राजधानी देउखुरीमै सञ्चालन गर्ने मन्त्री परिषद्को निर्णय

लुम्बिनी प्रदेश सरकारले आगामी पुस ८ गते सम्म प्रदेशका सबै मन्त्रालयहरू स्थायी राजधानी देउखुरीमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।

स्थायी राजधानी कार्यान्वयन घोषणा भएलगत्रै स्थायी राजधानी देउखुरीमा बसेको मन्त्री परिषद् बैठकले अगामी पुस ८ गते सम्म सबै मन्त्रालयहरू स्थायी राजधानीमा स्थानान्तरण गरेर सबै मन्त्रालय स्थायी राजधानीमै सञ्चालन निर्णय गरेको स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरीले जानकारी दिए।

मन्त्रालयको व्यवस्थापन, स्थानान्तरण गर्दा लाग्ने सामान ढुवानी, मन्त्रालयका लागि उपलब्ध भवनहरूको मर्मत सम्भार, थप भवन निर्माण, मन्त्रालय अन्तर्गतका केन्द्रीय कार्यालयहरूको व्यवस्थापनका लागि भवन भाडामा लिन सम्बन्धित मन्त्रालयको बजेटबाट रकमान्तर गरी बजेटको व्यवस्थापन गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ।

यसै गरी सरकारको बोर्ड, छाप तथा लेटर हेडमा प्रयोग हुँदै आएको नाम ‘प्रदेश सरकार, लुम्बिनी प्रदेश’ नामलाई सच्याएर ‘लुम्बिनी प्रदेश सरकार’ मात्रै प्रयोग गरिने मन्त्री परिषद्ले निर्णय गरेको छ।

प्रकाशित: २८ मंसिर २०७९ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App