१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश १ मा प्रदेशसभा सदस्यलाई गयानन्द मण्डलले सपथ गराउने

प्रदेश १ को प्रदेशसभाका सदस्यहरूलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य गयानन्द मण्डलले सपथ गराउने भएका छन्। प्रदेश १ मा नव निर्वाचित सांसदरूमध्ये सबै भन्दा जेष्ठ गयानन्द मण्डल भएकाले उनले नै सपथ गराउने देखिएको छ।

निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणमा मण्डलको उमेर ७९ वर्ष उल्लेख छ। निर्वाचन आयोगमा बुझाएको विवरणमा नव निर्वाचित ९३ जना  प्रदेशसभा सदस्य मध्ये  मण्डल नै जेष्ठ सदस्य देखिएका छन्। निर्वाचन आयोगले शनिबार प्रदेश प्रमुखको कार्यालयमा निर्वाचित प्रदेश सदस्यहरूको विवरण बुझाउने जानकारी आएको प्रदेश १ का प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले बताए। 

उनले प्रदेश प्रमुखकोमा विवरण प्राप्त भए पछि प्रदेश प्रमुखले विवरणका आधारमा जेष्ठ सदस्यलाई सपथ ग्रहण गराउने छन्। त्यस पछि प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा सचिवालयमा विवरण बुझाउने छ। त्यपछि प्रदेश सभा सचिवालयमा जेष्ठ सदस्यले अरु प्रदशेसभा सदस्यलाई  सपथ गराउने व्यवस्था रहेको पराजुलीले जानकारी दिए। प्रदेसभामा निर्वाचित सदस्यहरूमध्ये नेपाली कांग्रेसका गयानन्द मण्डल जेष्ठ सदस्य भन्ने कुरा आए पनि  निर्वाचन आयोगबाट निर्वाचित सदस्यहरू विवरण प्राप्त भए पछि मात्रै एकिन हुने पराजुलीले स्पष्ट पारे।

संसद सचिवालयमा जेष्ठ सदस्यबाट सांसदहरूले सपथ खाएपछि संसद बैठक बोलाउने मिति तय हुने पराजुलीले जानकारी दिए। प्रदशेसभामा सभामुख चयन नहुँदासम्म प्रदेशसभाको अध्यक्षतासमेत जेष्ठ सदस्यले नै गर्ने व्यवस्था रहेको छ।  

प्रकाशित: २७ मंसिर २०७९ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App