२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

अपेक्षाकृत नतिजा नआउँदा जिल्ला सदस्य र प्रमुखको जिम्मेवारी विघटन

यस पटकको प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेस सुनसरीबाट अपेक्षाकृत नजिता ल्याउन नसकेपछि मनोनीत जिल्ला सदस्य र विभागीय प्रमुख विघटन गरिएको छ।

मनोनयन गरिएका जिल्ला सदस्य र विभागीय प्रमुखको जिम्मेवारी सोमबारदेखि लागू हुने गरी विघटन गरिएको जिल्ला सभापति केदार भण्डारीले बताए। उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मनोनीत गरिएका जिल्ला सदस्य र विभागीय प्रमुखको काम सन्तोषजनक नभएकाले गर्दा विघटन गरिएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाभित्र अन्तर्घात गर्ने र गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्ने नेता–कार्यकर्तालाई कारबाही सिफारिस गर्न पनि जिल्ला कार्यसमितिले सकुर्लर गरेको छ। अन्तरघात गर्ने र गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्नेलाई कारबाही गर्न सिफारिस गर्न सकुर्लर गरेसँगै हारको कारण खोजी गर्न समीक्षा बैठक समेत बस्ने तयारी भएको छ।

जिल्ला स्तरका अग्रज नेताका अनुसार यसपटक सुनसरीमा मुख्य गरी उम्मेदवार छनोटमा विवेक नपुर्‍याउँदा र गुटगत समस्या चुलिएकै कारण अपेक्षा अनुसारको नतिजा आउन नसकेको हो। यसको असर दीर्घकाल पर्ने निश्चित छ।

सुनसरीमा यसपटक छ वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभामध्ये काँग्रेसले एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा मात्र जित्यो। दुईवटा प्रतिनिधिसभा एमालेले जित्यो भने एउटा प्रतिनिधिसभामा एमाले–जसपाको तालमेलमा जसपाका उम्मेदवार जिते। यस्तै, छ वटा प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार विजयी भएको थिए।

प्रकाशित: २६ मंसिर २०७९ १६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App