२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

डा. तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा

नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन्। प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन्।

मंसिरमा ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन्।  तर निवार्चन आयोगले कात्तिकको १२ गते काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि उनको उम्मेदवारी खारेज गरेको थियो। तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो।

काउन्सिलका कानुन अधिकृत सुनिता प्रजापतिले डा. कार्कीले आइतबार साढे ३ बजे काउन्सिलमा आएर राजिनामा दिएको जानकारी दिएकी हुन्।  

प्रकाशित: १९ मंसिर २०७९ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App