दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की ४ सय भन्दा बढी मतले अग्रता लिएका छन्। कार्कीले ४ हजार ८६ मत अन्तरले अग्रता लिएका हुन्।
माओवादी केन्द्रका कार्कीले ३६ हजार २९१ मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३५ हजार ८०५ मत पाएका छन्।
मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो।
प्रकाशित: १९ मंसिर २०७९ ०२:५४ सोमबार