२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन्।

भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए।

उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन्। यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन्। स्याङ्जा–२ ९ख० मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन्। भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरे। उनी एक हजार सात सय ८६ मतान्तर विजयी भएका हुन्।

प्रकाशित: १७ मंसिर २०७९ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App