१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दोलखामा माओवादीका कार्कीलाई १४ सय मतको अग्रता

नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की।

दोलखामा बिहिबार राति बाट जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १४ सय मतको अन्तरले अग्रता लिएका छन्।  

जारी मतगणनामा शुक्रबार ११ बजे सम्म गौरीशंकर गाउँपालिकाका ८ ओटा वडाको गणना सकिँदा उनले १४ सय ३८ मतले अग्रता लिएका हुन्। ८ वटा वडाको गणनामा कार्कीले ४१ सय ५ र एमालेका बालकृष्ण शिवाकोटीले २६ सय ६७ मत ल्याएका छन्।  

प्रतिनिधि सभा तर्फ गाउँपालिकाका ८ ओटा वडाको मतगणना सकिएको स्थानीय अधिकारीहरुले जनाएका छन्। दोलखामा २ नगरपालिका, ७ गाउँपालिकामा ७४ वडा छन्।  

प्रदेश सभा सदस्य तर्फ क्षेत्र नं १ मा कांग्रेसका कुन्दन राज काफ्लेले १ हजार १८ र क्षेत्र नं २ मा कांग्रेसका बर्मा लामाले ९ सय ५४ मतल अग्रता लिएका छन्।

प्रकाशित: १६ मंसिर २०७९ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App