१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरु(तस्बिरहरु)

वैत्येश्वर गाउँपालिका ६ स्थित वैत्येश्वर मावि मतदान केन्द्र।

दोलखाका १० ओटा मतदान केन्द्रमा पुन मतदान बिहीबार बिहानैदेखि सुरु भएको छ।

 

जिल्लाको वैत्येश्वर गाउँपालिका २,३ र ६ साथै तामाकोसी गाउँपालिकाको वडा नं ३ जफे स्थित जामुने मतदान केन्द्रमा पुन मतदान भइरहेको छ।  

चार वटा वडाका १० मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदाताहरु बिहानैदेखि लामबद्व छन्।

गत मंसिर ४ गते बुथ कब्जा भएको र निष्पक्ष मतदान नभएको निस्कर्षसहित निर्वाचन आयोगले आज उक्त १० वटा स्थानमा पुनः मतदान गर्न लागेको हो।  

मंसिर ४ गते भएको मतदानमा धाँधली भएको भन्दै एमालेले उजुरी दिएपछि निर्वाचन आयोगले दोलखामा पुन मतदान गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित: १५ मंसिर २०७९ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App