coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बैतडीमा ६ प्रतिशत मत बदर

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बैतडीमा ६ प्रतिशत भन्दा बढी मत बदर भएको छ। प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४ सय ६० मत खसेकोमा ४ हजार ९ सय ६२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बदर मतको संख्या खसेको मतको ६ दशमलव ४० प्रतिशत रहेको छ।

यस्तै प्रतिनिधि सभा समानुपातिकतर्फ पनि झण्डै ७ प्रतिशत मत बदर भएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७ सय ६१ मत खसेकोमा ५ हजार ४ सय २१ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ६ दशमलव ९७ प्रतिशत रहेको छ। यस्तै प्रदेश सभा समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ५ हजार ५५ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ६ दशमलव ५२ प्रतिशत रहेको सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताए।

प्रतिनिधिसभाको तुलानामा प्रदेश सभा प्रत्यक्ष तर्फ भने कम मत बदर भएको छ। प्रदेश सभा १ मा प्रत्यक्ष तर्फ ४० हजार १ सय ५५ मत खसेकोमा २ हजार १३ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ५ प्रतिशत रहेको छ। यस्तै प्रदेश सभा २ मा प्रत्यक्ष तर्फ ३७ हजार २ सय ८० मत खसेकोमा १ हजार ८ सय २० मत बदर भएको छ। बदर मतको संख्या ४दशमलव ८८ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

प्रकाशित: १३ मंसिर २०७९ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App