१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरी १ मा अशोक राईले मतान्तर बढाउदै, छाता भन्दा ४८५ मतले घण्टी पछाडि

सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका  उम्मेदवार अशोककुमार राईले मतान्तर बढाउदै लगेका छन्।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको मतमध्ये ७० हजार ७२० मतगणना सकिदा राईलाई ४८५ मतको अग्रता छ। उनले १५ हजार ११४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले १४ हजार ६२९ मत पाएकी छिन्।

तेस्रो स्थानमा रहेका गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ११ हजार ५६२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले ७ हजार १९० मत, राप्रपाका अशोक राई (अविरल) ले ७ हजार ३ मत पाएका छन्। यस्तै, तर्कबहादुर मगरले ३ हजार ७५४ मत, कुमार कार्कीले १ हजार ७९७, मातृकाप्रसाद भट्टराईले १ हजार ६९० मत पाएका छन्।

प्रकाशित: ११ मंसिर २०७९ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App