coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पटक पटक चुनाव हारेका गुप्ता र पाण्डेयको चम्कियो भाग्य

बर्षो देखि राजीनितिमा लागेर पटक पटक चुनाव लडेर पाराजित भएका कपिलवस्तुका २ राजनतिकर्मीको भाग्य चम्किएको छ। गत मंसिर ४ मा चुनाव लडेका ७७ बर्षिय मंगल प्रसाद गुप्ता र ६७ बर्षिय सुधारक पाण्डेयको यस पटक भने भाग्य चम्किएको हो। मंगल प्रसाद गुप्ता एमालेबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट र सुधार पाण्डेय बाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सुधाकर पाण्डेय निर्वाचन क्षेत्र नम्बर २ को २ बाट निर्वाचित भएका  हुन्।

मंगल प्रसाद गुप्ताले चुनाव लडेको आठौ प्रयासमा र सुधारक पाण्डेयले चुनाव लडेको चौथो प्रसासमा निर्वाचित भएका हुन्। नेता गुप्ताले त्यही क्षेत्रबाट लागतार ३ पटक निर्वाचित भएका कांग्रेसका अभिषेका प्रताप शाह र नेता पाण्डेयले एमालेका धरम बहादुरलाल श्रीवास्तवलाई पराजित गरी विजयी भएका हुन्। ७७ वर्षीय गुप्ताले २० हजार ८ सय ५२ मत प्राप्त गरेका छन् भने शाहले १७ हजार ७ सय ८८ मत पाए।

२०३९ सालमा गुप्ता तत्कालीन जिल्ला पञ्चायत सभापतिमा चुनाव लडेका थिए। दमाहा चुनाव चिह्न पाएका उनी पराजित भए । त्यसपछि २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यदेखि निर्वाचन लड्न थालेका उनले बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक व्यवस्थाका ६ वटा निर्वाचनमा पराजय भोग्नु प¥यो। तीन पार्टी परिवर्तन गरेर चौथो पार्टी एमालेबाट चुनाव जितेका हुन । २०४३ मा सूर्य चुनाव चिह्न लिएर राष्ट्रिय पञ्चायत सदस्य लडेका उनी २४ हजार मत ल्याउँदै चौथो भए।

३६ वर्षपछि त्यही सूर्य चिह्न लिएर लडेका उनले विजयी भएका हुन्। २०२४ सालदेखि राजनीति थालेका गुप्ताले २०४८, २०५१ र २०५६ मा कांग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नं. ४ बाट संसदीय निर्वाचन लडे। ०७०/०७४ को चुनाव तमलोपा र मधेसी जनअधिकार फोरमबाट लडे। सबै निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बनेर चित्त बुझाउनुपर्‍यो।

यसअघिका चुनावमा दोस्रो स्थानमा रहँदै आएकाले यसपटक आफ्नो जित निश्चित भएको उनले बताउँदै आएका थिए। उनी पञ्चायतकालमा पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य पनि भएका थिए। उनका साथीसंगी भगवानदास गुप्ता, राघवेन्द्रप्रताप शाह, हरिनारायण रजौरिया र दीपकुमार उपाध्यायले पटकपटक जितको स्वाद चाखे पनि उनले भने सधैं पराजय भोग्दै आएका थिए। ‘उनी गत वर्षको पुस ६ मा एमाले प्रवेश गरेका थिए। आफनो ब्यक्तिगत १५ हजार बढी मत रहे पनि पटक पकट चुनाव हार्दै आएका थिए। दक्षिणी क्षेत्रमा मत रहे पनि उत्तरी क्षेत्रको मत पाउन उनी एमालेका प्रबेश गरेका थिए। साढे पाँच दशक लामो राजनीतिको अनवरत यात्रामा आफुले युवा, मजदुर र कृषकका अधिकारका लागि लड्दै आएको उनी बताउछन्।

जनताले चाहेका परिवर्तनका अधारमा आफुले यस पटक जितेका उनी बताउछन्। उता नेता पाण्डेयले २०७४ को निर्वाचितमा भएको हारको बदला लिदै एमाले नेता धरम बहादुरलाल श्रीवास्तवलाई पराजित गरेका हुन्। २०७४ सालमा यी दुई प्रतिस्पर्धी थिए। पाण्डेयल कुल १४ हजार १८५ र श्रीवास्तवले १३ हजार २९४ मत पाएका थिए। ४०र४६ सालको जन आन्दोलन पछि कांग्रेसमा प्रबेश गरेका पाण्डेय तत्कालीन गौरी गाविसा वडा नम्बर ८ को वडाध्यक्ष समेत बनेका थिए। माओवादी द्धन्द्धकालीन सयममा कांग्रेस जिल्ला सभापति समेत बनेका थिए। पेशाले बरिष्ठ अधिबक्ता समेत रहेको पाण्डेय पटक पटक महाधिबेशन र महासमिति सदस्यमा रहदै आएका छन्।

उनले ०६४/०६८  सालमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा चुनाव लडेका थिए। झिनो मत अन्तरले पुर्व सांसद बुुजेश कुमार गुप्तासंग चुनाव हारे। २०७४ सालमा फेरी लुम्बिनी प्रदेशको क्षेत्र नम्बर २ को २ बाट चुनाव लडेर पराजित भए। यस पटक भने चौथो प्रयासमा उनी विजयी भएका छन्। ‘ यस पटक जनता परिवर्तनको पक्षमा थिए जित्छु भन्ने लागेका थियो’ उनले भने।

ईमान्दार लगनशील र स्वच्छ छवी भएका पाण्डेय मधेश आन्दोलका बेला मधेसवादी नेताहरु पार्टी छाडेर विभिन्न पार्टीमा लागे पछि उनी भने कांग्रेसमै डटेर लागे। अहिले त्यसैको प्रतिफल पाएको उनले बताए। उनले आफुले गरेको बाचा र प्रतिबद्धता अनुसार काम गर्ने उनले बताए।

प्रकाशित: ११ मंसिर २०७९ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App