४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम-२ मा एमालेका नेम्वाङ्ग निर्वाचित

इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। ३० वर्षदेखिको आफ्नै विरासत जोगाउँदै नेम्बाङ पाँचौं पटक यही क्षेत्रमा निरन्तर विजयी भएका हुन्।  

नेम्बाङले १ सय १४ मतान्तरसहित गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे। नेम्बाङले ३० हजार २० मत ल्याए भने खड्काले २९ हजार ९ सय ६ मत ल्याएका छन्।

२०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य बनेका नेम्बाङ २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा इलामबाट विजयी बनेका थिए। संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष हुँदै नेम्बाङ पटक–पटक सभामुख भइसकेका छन्।

उनी २०६४ र २०७० सालका संविधानसभाको अध्यक्ष भए र उनकै नेतृत्वमा नेपालको संविधान जारी भएको थियो। नेम्बाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्रीसमेत भइसकेका छन्।

उनले निर्वाचन जितेको इलाम क्षेत्र २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन्। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको थियो।

प्रकाशित: १० मंसिर २०७९ १७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App