४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनुषा १ मा मातृकालाई पराजित गर्दै दिपक निर्वाचित

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा जनता समाजवादी नेपालका दिपक कार्की निर्वाचित भएका छन्। नेकपा माओवादीका केन्द्रका मातृकाप्रसाद यादवलाई पराजित गर्दै कार्की निर्वाचित भएका हुन्।

कार्कीले ५ हजार ९५८ मतको मतान्तरले निर्वाचित भएका छन्। कार्कीले २७ हजार ४३१ मत प्राप्त गर्दा यादवले भने २१ हजार ४८३ मत ल्याए। जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ मत ल्याएर तेस्रो स्थानमा रहे।

माओवादीका यादवले ०७४ सालको निर्वाचनमा कार्कीलाई पराजित गरेका थिए। यादवले २६ हजार ४१८ मत ल्याएर निर्वाचित भएका थिए भने कार्कीले १७ हजार २९६ मत प्राप्त गरेका थिए। कार्कीले त्यसबखत पनि उपेन्द्र यादवकै नेतृत्वमा रहेको तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका थिए।

नवनिर्वाचित कार्की जसपा एमालेबीच भएको चुनावी तालमेलमा जसपाबाट उम्मेदवारी दिएका थिए भने यादव सत्तारूढ गठबन्धनतर्फका उम्मेदवार थिए।

प्रकाशित: १० मंसिर २०७९ १५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App