१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाजुरा बुढीनन्दा ५ मा पुन मतदान, ५९६ मत खसे

बुढीनन्दा ५ को नन्देश्वरी माविको मतदान केन्द्रमा पुन मतदान हुदै। तस्बिर: नागरिक

बुढीनन्दा नगरपालिका ५ मा भएको मतदानमा ५९६ मत खसेका छन्। कुल ९९९ मतदाता रहेकोमा ५९६ जनाले मतदान गरेका हुन्। मंसिर ४ गते दुई पक्षबीच सुरुमै विवाद भएपछि चुनाव स्थगीत गरिएको थियो।

निर्वाचन आयोगले चुनाव स्थगीत पछि मंसिर १० गते लागि पुन मतदानको मिती तोकेको थियो। ९ सय ९९ जना मतदाता रहेको मतदान केन्द्रमा ५९६ जनाले मतदान गरेको जिल्ला समन्वय अधिकारी समेत रहेका मतदान अधिकृत किरन विकले बताएका छन्।

मंसिर ४ गते सुरुमै विवाद भएपनि पुन मतदान शान्तपूर्वक सम्पन्न भएको छ। बिहानदेखि नै मतदाता लाइनमा बसेर शान्तिपूर्ण वातावरणमा मतदान गरेका हुन्। कडा सुरक्षाका बीच गरिएको पुन मतदान गरिएको केन्द्रको मतपेटीका रातीसम्म मार्तडी पुर्याउने निर्वाचन कार्यालयले तयारी गरेको छ।

बुथ कब्जा गरिएको आरोप सहीत जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेले उजुरी गरेपछि बाजुराको मतगणना अन्योल बनेको छ। पुन मतदान तोकीएको वडाको मतदान सकिएपनि मतगणना कहिले हुनेमा एकीन नभएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्। दलहरुले दिएको उजुरी माथि छानवीन भइरहेकोले अहिले नै भन्न नसकिने अधिकारी अवस्थीको भनाइ छ।

प्रकाशित: १० मंसिर २०७९ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App