५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेल निर्वाचित

रुपन्देहीको निर्वाचन क्षेत्र नं २ मा नेकपा एमाालेका  बिष्णु पौडेल विजयी भएका छन्। राप्रपा, जसपा र एमाले को तिन दलिय गठबन्धनका उम्मेदवार रहेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाइ १ हजार ३६६ मतले पारजित गर्दे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

क्षेत्र नं २ का निर्वाचन अधिकृत उद्विर नेपालीले एमालेका पौडेलले १ हजार ३६६ मत अन्तरले विजयी भएको जानकारी दिए। नेपालीले मतगणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी रहेको नागरिक न्यूजलाई बताए।

एमालेका पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिश्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गरेको निर्वाचन अधिकृत नेपालीले नागरिकलाइ जानकारी दिए। यो क्षेत्रमा सत्ता गठबन्धनको समर्थन रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २२ हजार १० मत प्राप्त गरे।

एमाले उपाध्यक्ष पौडेलले यो क्षेत्रबाट यसपाली चौथो पटक संसदिय निर्वाचन जितेका हुन्।

प्रकाशित: ९ मंसिर २०७९ १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App