१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिन्धु २ (ख): २९ वर्षमा सांसदको जिम्मेवारी

सिन्धुपाल्चोक क्षेत्र नं. २ (ख) प्रदेशसभाबाट निर्वाचित हुँदै कांग्रेसका कृष्णकुमार तामाङले २९ वर्षको उमेरमा संसदको यात्रा तय गरेका छन्। 

निकटतम प्रतिस्पर्धी एमालेका हेभिवेट उम्मेदवार हस्तबहादुर पण्डितलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। तामाङले पण्डितलाई १ हजार ५ सय ५ मतान्तरले हराए। शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार तामाङले १७ हजार ७ सय ५८ मत ल्याए। पण्डितले १६ हजार २ सय ५३ मत मात्र पाए।

राजनीतिमा भर्खरै बामे सर्दै गरेका तामाङ कांग्रेसका युवा नेता हुन्। उनी वडा इकाइ सभापति छन्। गत वर्ष सम्पन्न कांग्रेस महाधिवेशनमा उनी क्षेत्रीय सभापतिको उम्मेदवार बनेर पराजित भएका थिए। पराजित पण्डित एमाले पूर्वजिल्ला अध्यक्ष हुन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणाम अनुसार यो प्रदेश क्षेत्रमा एमाले २ हजार मतले मात्र पछि थियो।

हेविभेट र लोकिप्रिय नेता रहेकाले यहाँबाट पण्डित निर्वाचित हुन सक्ने धेरैको अनुमान थियो। २०७४ को प्रदेश चुनाव जितेका बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई पछि पार्दै टिकटमा बाजी मारेका तामाङले अन्त्यत निर्वाचनै जितेर देखाइ दिए। ‘युवा भएरै जितेको हुँ,’ निर्वाचित भएपछि उनले भने, ‘युवा भएकै कारण केही गर्ने छु।’

प्रकाशित: ९ मंसिर २०७९ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App