३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुनसरीका ३ क्षेत्रमा एमालेको अग्रता कायमै, एकमा रास्वपाको अग्रता

सुनसरीका चारवटा प्रतिनिधीसभामध्ये तीन क्षेत्रमा एमालेले अग्रता कायमै राखेको छ। एउटामा भने राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।  

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले ६ हजार ८६६ मत ल्याएकी छन्। उनलाई एमाले–जसपाका उम्मेदवार अशोककुमार राईले छ हजार एक मत ल्याएर पछ्याइरहेका छन्।  

क्षेत्र नं. १ (क) मा एमालेका रमेश बस्नेत १० हजार ५६१ मत ल्याएर अग्र स्थानमा छन। उनलाई काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार काँग्रेसकै उमेश थापाले नौ हजार ३४५ मत ल्याएर पछ्याई रहेका छन्।  

क्षेत्र नं.  २ प्रतिनिधीसभामा नेकपा एमालेका भीम आचार्य १७ हजार १०७ मत ल्याएर अग्र स्थानमा छन्। सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सीताराम महतो १४ हजार ७२१ मतसहित दोस्रो स्थानमा उक्किएका छन।  

क्षेत्र नंं. २ (क) मा एमालेका रेवतीरमण भण्डारी १३ हजार ६१० मतसहित अग्र स्थानमा छन्। अब एउटा मात्र वडाको गणना गर्न बाँकी रहेकाले गर्दा भण्डारी विजय उन्मुख हुने अवस्थामा छन्। गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका द्दारिकलाल चौधरीले ११ हजार १७२ मत ल्याएर भण्डारीलाई पछ्याइ रहेका छन्। क्षेत्र नं. २ (ख) मा नेपाली काँग्रेसका राजीव कोइराला अगाडि छन्। उनलाई एमालेका रामप्रसाद मेहताले पछ्याई रहेका छन्।    

क्षेत्र नं.३ प्रतिनिधीसभामा एमालेकी भगवती चौधरीले ११  हजार ७१५ मत ल्याएर अग्र स्थानमा छीन। काँग्रेसका नेता बिजयकुमार गच्छदार सात हजार ३२३ मत ल्याएर दोस्रो पोजिसनमा उक्लिएका छन्। यस्तै, प्रदेशसभातर्फ ३ (क) मा एमालेका रोहितकुमार कार्कीले १० हजार ६५१ मत ल्याएका छन्। उनलाई राप्रपाका खड्ग श्रेष्ठले चार हजार ४७१ मत ल्याएर पछ्याई रहेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी सरस्वती पोखरेलले चार हजार ३३ मत प्राप्त गरेकी छन्।  

क्षेत्र नं. ४ प्रतिनिधीसभामा नेकपा एमालेका जगदीस कुसियतले १६ हजार ७८० मत ल्याएर अग्र स्थानमा छन्। उनलाई नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १५ हजार २५४ मत ल्याएर पछ्याई रहेका छन्।  

क्षेत्र नं. ४ (क) मा नेपाली काँग्रेसका डाक्टर इसरायल अन्सारी र (ख) मा पनि काँग्रेसकै षडानन्द मण्डल अगाडि छन्।

प्रकाशित: ९ मंसिर २०७९ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App