३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिरहा: प्रदेशसभा सदस्यमा जनमतको दोस्रो जित

सिरहा क्षेत्र नम्बर २(१) बाट जनमत पार्टीका संजय यादव प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। जसपाका विजय कुमार यादवलाई ६४४ मतले पराजित गर्दै संजय निर्वाचित भएका हुन्।  

संजयले १२१७१ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी विजयले ११५२७ मत ल्याएका छन्। विजय यस क्षेत्रबाट ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यो बेला उनी मुख्यमन्त्रीको दाबेर थिए। पछि अर्थ मन्त्री हुँदै कृषि मन्त्री भए।  

यस्तै, सिरहा क्षेत्र नम्बर  ४ (१)बाट जनमत पार्टीका त्रिभुवन साह प्रदेशसभा सदस्य  निर्वाचित भएका छन्। साह ८ हजार २ सय २९ मत प्राप्त गरी विजयी भएका हुन्।

साहका प्रतिस्पर्धी माओवादी केन्द्रका महेन्द्र पासमानले ७ हजार ८३ मत प्राप्त गरी दोस्रो भए। नेकपा एमालेका प्रकाश महासेठले ६ हजार ८ सय ७८ मत प्राप्त गरी तेस्रो भए।

यससँगै सिरहामा ८ सिट प्रदेशसभा सदस्यमा जनमतका दुइजना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App