३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम २ मा सुवास नेम्बाङको साढे १८ सय मतको अग्रता

इलाम क्षेत्र २ प्रतिनिधिसभाका मुख्य प्रतिस्पर्धी उम्मेदवारद्वय एमालेका सुवासचन्द्र नेम्बाङ र कांग्रेसका डम्बरबहादुर खड्का। तस्बिर: भीम/नागरिक

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ८ सय ५३ मतले अगाडि देखिएका छन्।  

केहीबेर अघिसम्मको गणनामा नेम्बाङले १८ हजार ५ सय ७६ मत ल्याएका छन् भने उनलाई गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले १६ हजार ७ सय २३ मतसहित पछ्याइरहेका छन्। अहिलेसम्म क्षेत्र २ का माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका र माई नगरका वडा ६, ७, ८, देउमाई नगरका १, २, ७, ८, र ९ वडाको गणना भइसकेको छ। अब यो क्षेत्रका देउमाई नगरका वडा ३, ४, ५ र ६ तथा इलाम नगरपालिकाको वडा १० बाहेक ११ वटा वडाको मतगणना गर्न बाँकी छ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।  

यही क्षेत्रको प्रदेशसभा १ मा एमालेका गणेशप्रसाद बराल झिनो मतान्तरले अघि छन्। बरालले ४ हजार ६ सय २५ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार गोविन्द गिरीको ४ हजार ५ सय ८८ मत आएको छ।

प्रकाशित: ९ मंसिर २०७९ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App