१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादव विजयी

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन्।

यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरिया भन्दा १५७  मत बढी ल्याएर निर्वाचित भएका हुन्। यादवले २० हजार १ सय १२ मत प्राप्त गरेका छन् भने अरगरियाले १९ हजार ९ सय ५५ मत प्राप्त गरेका छन्।  

एकीकृत समाजवादीका रामचन्द्र झा १३ हजार ६०५,जनता समाजवादी नेपालका आनन्द यादव १२ हजार ९०१ र जनमत पार्टीका हरिनरायण साह ९ हजार ९ सय ९२ मत प्राप्त गरेको धनुषा निर्वाचन क्षेत्र दुईको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७९ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App