कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेले प्रतिनिधि र प्रदेश सभाको दुवै सिट जित्दै क्लिन स्विप गरेको छ। एमालले प्रतिनिधि सभाको क्षेत्र नम्बर १ तथा १ को १ र २ दुवैमा कांग्रेसमा उम्मेदवारलाई पराजित गर्दै जित हात पारेको हो।
कपिलवस्तु १ को प्रतिनिधी सभाका नेकपा एमालेका उम्मेदवारले ३३ हजार ६१७ मतका साथ विजयी भएको छन्। बलराम अधिकारीले १५ हजार ४२९ मतान्तरले माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेबलाई हराएका हुन्। एमाले उम्मेदवार अधिकारीले ३३ हजार ६ सय १७ मत प्राप्त गर्दा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेबले १८ हजार १ सय ९० मत प्राप्त गरेका थिए।
यस्तै कपिलवस्तु १ को प्रदेश सभा १ मा नेकपा एमालेका विष्णु पन्थी र २ मा मधुसुदनशरण चौधरी विजयी भएका छन्। पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन्। मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका पन्थी फराकिलो मतान्तरले दाश्रो कार्यकालका लागि विजयी भएका हुन्। पन्थीका प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरे।
घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी भएका हुन्। कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ को २ मा नेकपा एमालेका उम्मेदवार मधुसूदन चौधरि ११ हजार ७४८ मतका साथ बिजयी भएका छन्। उनले २,६८२ मतान्तरका साथ नेपालि कांग्रेसका उम्मेदवार सहसराम यादवलाई हराएका छन्। यादवले १० हजार ६० र नेकपा एसका उम्मेदवार फैजल खाले ८ हजार ८०७ मत पाए।
उता एमालेका अजुन केसी क्षेत्र नम्बर ३ को १ बाट विजयी भएका छन्। एमालले प्रतिनिधि सभाको ३ मध्ये एक र प्रदेश सभाको ६ मध्ये ३ सिटमा विजयी भएको छ। विजयी भएकाहरुको अझै घोषणा भने गरिएको छैन।
प्रकाशित: ८ मंसिर २०७९ २२:१८ बिहीबार