८ वैशाख २०८१ शनिबार
राजनीति

सर्लाही क्षेत्र नं ४ मा अमरेश सिंहको लगातार तेस्रो जित

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सर्लाही क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी भएका छन्।

सिंहले २० हजार १७ मत ल्याई विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेन्द्र यादवले १८ हजार २ सय ५२ मत र तेश्रो स्थानमा अर्का स्वतन्त्र उमेदवार मधुमाला यादवले १४ हजार ५ सय ८६ मत ल्याएका छन्। 

प्रतिनिधि सभामा डा. सिंह लगतार तेस्रो चोटि सांसद र एक चोटि मनोनीत सांसद बनेका हुन्। मतगणना सुरु भए देखि नै अग्र स्थानमा रहेका सिंह यस अघि नेपाली काङ्ग्रेसबाट लगातार दुई चोटि सांसदमा चुनाब जितेका हुन्।

प्रकाशित: ८ मंसिर २०७९ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App