coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा समानुपातिक तर्फ एमाले पहिलो

यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ बाजी मारेको नेकपा (एमाले) समानुपातिकमा पनि अगाडी देखिएको छ। अर्घाखाँचीको प्रतिनिधीसभा र प्रदेशसभामा 'क्लीन स्वीप' गरेको एमाले समानुपातिकमा समेत पहिलो भएको हो।

प्रतिनिधीसभा समानुपातिकमा नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको हो। नेपाली कांग्रेसले २६ हजार ८ सय ६५ मत पाउँदै दोस्रो स्थान हासिल गरेको छ। कांग्रेस एमाले भन्दा १० हजार ५८५ मतले पछी छ। ८ हजार ९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ। नेकपा माओवादी केन्द्रले भन्दा १ हजार ६०९ मत बढी ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा तेस्रो दल बनेको छ। नेकपा माओवादी केन्द्रले ७ हजार ३४२ मत ल्याउँदै चौथो भएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले ५ हजार ३२७, नेकपा (एकिकृत समाजवादी) ले १ हजार ६७ मत ल्याएको छ।

प्रदेशसभामा समेत नेकपा एमाले पहिलो भएको छ। प्रदेश समानुपातिकमा ३७ हजार ७३८ मत ल्याउँदै एमाले पहिलो बनेको हो। नेपाली कांग्रेसले २७ हजार २९८ मत ल्याउँदै समानुपातिक मतका आधारमा दोस्रो भएको हो।

यस्तै नेकपा माओवादी केन्द्रले ८ हजार ३५६, राष्ट्रिय जनमोर्चाले ५ हजार ६२३, नेकपा ९एकिकृत समाजवादी० ले १ हजार ३७६, राप्रपाले १ हजार २१० मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App